Logo

रिलायन्स फाइनान्सको १५.७९ प्रतिशत लाभांश पारित

रिलायन्स फाइनान्सको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट वितरण हुने १५.७९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
फाइनान्सको चुक्ता पु“जी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँको कुल १५.७९ प्रतिशतले हुन आउने १४ करोड ४५ लाख ७७ हजार ५२६.६८ रुपैया“ बराबरको लाभांश प्रस्ताव पारित भएको हो । १५ प्रतिशतका दरले बोनस सेयर तथा नगद लाभांश (कर प्रयोजनार्थ) ०.७९ प्रतिशत पारित भएको हो ।
वित्तीय कम्पनीमध्ये उत्कृष्ट बन्ने यात्रामा फाइनान्स अगाडी बढेको अध्यक्ष कुसप्रसाद मल्लीले बताए । फाइनान्सले देशभर २० वटा शाखामार्फत आधुनिक बैकिङ सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले जानकारी दिए । प्रविधिको उच्चतम प्रयोग गर्दै आइरहेको फाइनान्सले आगामी दिनमा अझै बढी ग्राहकमुखी सेवा प्रदान गर्ने उनले बताए ।
सामाजिक उत्तरदायित्व बहन अन्र्तगत पनि सस्थाले समय समयमा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्