उद्योग संगठन मोरङको मास्क वितरण अभियान «

उद्योग संगठन मोरङको मास्क वितरण अभियान

कोरोना महामारीको संक्रमण बढेसँगै उद्योग संगठन मोरङले मास्क वितरण अभियान सुरु गरेको छ ।
विगत केही दिनयता बढदो क्रममा रहेको कोभिड १९ को संक्रमण दरलाई मध्यनजर गरी संगठनले विराटनगरमा मास्क लगाऔं, कोरोना भगाऔं अभियान सुरु गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै विराटनगरको ट्राफिक चोकबाट प्रारम्भ गरिएको मास्क वितरण अभियान विराटनगरको विभिन्न भिड हुने स्थानमा सात दिनसम्म सञ्चालन हुने संगठनले जनाएको छ ।
अभियानअन्तर्गत मास्क नलगाई हिँडेकाहरुलाई निःशुल्क मास्क वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्