Logo

दराज नेपालको प्रबन्ध निर्देशकमा कुँवर नियुक्त

अनलाइन बजार दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको छ । दराजका प्रमुख कार्यकारी अधिकृत बियार्के मिक्केलसेनले कुँवरलाई प्रबन्ध निर्देशक नियुक्त गरेको जानकारी दिए ।
“नेपाली जनताका लागि विश्वस्तरीय अनलाइन सपिङ अनुभव सिर्जना गर्ने धेरै प्रतिभाशाली पेशेवरहरूको समूहको नेतृत्व गर्ने यो अवसरको लागि म विशेषाधिकार र सम्मानित महसुस गर्छु । नेपाली ई–कमर्स उद्योगमा दराजको द्रुत वृद्धि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिन्छ” नवनियुक्त प्रबन्ध निर्देश्क कुँवरले भनिन्, “दराज नेपाललाई घरायसीनाम र हाम्रा सबै ग्राहकहरूको किनमेल आवश्यकताहरूका लागि वान–स्टप समाधानको रूपमा स्थापित गर्नमा भाग लिन पाउँदा धेरै उत्साहित छु ।”
नेपालमा जन्मिएकी आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए, गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बीएस सकाएर १३ वर्ष यूएस कर्पोरेट क्षेत्रमा काम गरिसकेकी छन् । अमेरिकामा लामो र सफल करियर पछि कम्पनीले वृद्धिको नयाँ चरणमा प्रवेश गरेको बेला कुँवरले दराज नेपालको नेतृत्व गर्न लागेकी कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्