व्यावसायिक आवश्यकता पूरा गर्न ‘भेटायो एप’

व्यावसायिक सेवा प्रदायक ‘भेटायो’ले काठमाडौं उपत्यकामा आफ्ना सेवाहरु सञ्चालन गरेको छ ।
कम्पनीका अनुसार यो आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ । सबै व्यावसायिक सेवाहरूको आवश्यकता सजिलै पूरा गर्नका लागि ‘भेटायो’ छिटो र सरल एप भएको कम्पनीको दाबी छ ।
यसले घरेलु तथा व्यावसायिक सेवाहरु प्रदान गरिरहेको बताइएको छ । व्यावसायिक सेवाहरू जस्तै प्लम्बिङ, कीट नियन्त्रण, सवारी साधनको सफाई, ब्यूटिसियन तथा अन्य नयाँ सेवाहरू निरन्तर थप्दै जाने कम्पनीको योजना छ ।
भेटायोको शुरुवात खासगरी समयमै कुनैपनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको जनाएको छ ।
उचित र पारदर्शी मूल्य प्राप्त गर्न, अनुभवी सेवा प्रदायकहरू छनोट गर्न, सेवामा ३० दिनको ग्यारेन्टी पाउन र विविध प्रकारका सेवाहरु सजिलै पाउन भेटायो एप प्रयोग गर्न सकिने बताइएको छ ।
भेटायोले सञ्चालनको पहिलो महिनामा १००० भन्दा बढी प्रयोगकर्ताहर १०० भन्दा बढी सेवा प्रदायक प्राप्त गर्न सफल भएको जनाएको छ । तिनीहरूको सेवा क्षेत्र हाल काठमाडौं उपत्यकामा सीमित छ र निकट भविष्यमा अन्य शहरहरूमा विस्तार गर्ने योजना रहेको छ ।