इन्धनको मुल्य वृद्धि «

इन्धनको मुल्य वृद्धि

नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य यथावत राखेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रूपैयाँले बढाएको हो । अब नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३९ रूपैयाँ तथा डिजेल र मट्टितेलको १ सय २२ रूपैयँ पर्नेछ ।यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर १०० अमेरिकी डलरले बढाएर १ सय ६ रूपैयाँ र ९९५ डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्