Logo

सिद्धार्थ बैंक र चितवन मिडटाउन रिर्सोटबीच सम्झौता

सिद्धार्थ बैंक र चितवनको चितवन मिडटाउन रिर्सोटबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख दुर्गा राज पाण्डे र चितवन मिडटाउन रिर्सोटका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकले चितवन मिडटाउन रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ वा इन्टरनेट बैैंकिङ प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्