Logo

विपन्न विद्यार्थीलाई महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
बैंकको बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित सुन्दरी देवी माध्यमिक विद्यालयका विद्यार्थीलाई ज्याकेट वितरण गरेको हो । पालुङ शाखाले सो विद्यालयमा अध्ययरत विपन्न परिवारका ६३ जना छात्र–छात्रालाई ज्याकेट वितरण गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा बैंकको पालुङ शाखाका शाखा प्रबन्धक संगीता बज्राचार्यले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी हुन् ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै आएको बैंकले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशमा विपन्न परिवारका सदस्यहरुलाई अत्यावश्यक सामग्री सहयोग गर्दै आएको जनाएको छ ।
बैंकले प्रदेश–१ मा ५, मधेश प्रदेशमा –१५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ शाखामार्फत करिब ६ लाख गाहकलाई बैंकिङ सेवा दिँद आएको छ ।

प्रतिक्रिया दिनुहोस्