कृषि विकास बैंकका विभिन्न सेवामा आर्कषक छुट

कृषि विकास बैंकले आफ्नो ५५ औं वार्षिकोत्सवको अवसरमा सेवाग्राहीलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवामा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको छ ।
७ माघदेखि ७ फागुनसम्म बैंकमा खाता भएका तर हालसम्म मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेविटकार्ड, डिम्याट,सि–आश्वा, मेरो सेयर र लकर सेवा नलिएकाहरुलाई विशेष छुट दिने भएको हो । यस्तै सोही समयमा नयाँ खाता खोली सेवा लिने ग्राहकलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने र चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको बैंकले जनाएको छ ।