नेपाली युवा उद्यमी मञ्च र यती एयरलाइन्सबीच सम्झौता

नेपाली युवा उद्यमी मञ्च र यती एयरलाइन्सबीच व्यावसायिक सम्झौता भएको छ ।
सम्झौतासँगै यती एयरलाइन्स अबदेखि मञ्चको आधिकारिक एयरलाइन्स बनेको छ । अब युवा उद्यमी मञ्चमा आवद्ध सदस्य उद्यमीले यती एयरलाइन्सको जहाजमार्फत् आवतजावत गर्दा यती मोबाइल एप अथवा सदस्य कार्डमार्फत् सहुलियत पाउने भएका छन् ।
सो सम्झौता पत्रमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । कार्यक्रममा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोजले समृद्ध मुलुक निर्माणमा युवाको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपालका युवा उद्यमीलाई अगाडि बढाउन यती एयरलाइन्स सधैं सहकार्य गर्न तयार रहेको बताए ।
सन् २००३ मा स्थापित नेपाली युवा उद्यमी मञ्चमा हाल देशभर ७ सयभन्दा बढी सक्रिय युवा उद्यमी आवद्ध छन् ।