टीभएसका मोटरसाइकल तथा स्कुटर मासिक किस्तामा

टीभीएसले ग्राहकहरुको लागि नयाँ योजना ल्याएको छ । कम्पनीले ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्याकंनबाटै डाउनपेमन्ट गरेर नयाँ टीभिएस बाइक किन्ने सक्ने योजना ल्याएको हो ।
एक्सचेञ्ज गर्दा ग्राहकले मासिक किस्ता न्यूनतम ५ हजार ९९९ सम्म मात्रै तिर्दा हुने जनाएको छ । यस्तै ग्राहकले शून्य प्रतिशत ब्याजदर र ‘अन द स्पट एकचेञ्ज’को सुविधा पनि पाउने कम्पनीले जनाएको छ । यो योजना मुलुकभरिका सम्पूर्ण टीभीएस सोरुमहरूमा उपलब्ध हुने जनाएको छ ।