Logo

उडिरहेको गुण एयरको विमानमा ढोका खुलेको विषयमा छानविन समिति


काठमाडौंबाट पोखरा उडान भर्ने क्रममा विमानको ढोका खुलेको गुण एयरलाइन्सको उडानको विषयमा छानबिन समिति गठन भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको विमानको उडानको क्रममा आकासमा नै ढोका खुलेको विषय अध्ययन गर्न छानबिन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । समितिले ३ दिनभित्र प्रतिवेदन पेस गर्ने री नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो ।
मन्त्रालयले सोमबार सचिवस्तरिय निर्णय गर्दै वायुयानमा प्रविधिक गडबढी भएर आकासमै ढोका खुलेको घटनको छानविन गरी सत्य तथ्य पत्ता लगाइ भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन चल्नु पर्ने कदमका सम्बन्धमा सुझाव दिन समिति गठन गरेको जनाएको छ । समितिमा मन्त्रालयमा इलोक्ट्रोनिक इन्जिनियर नसिव आचार्य, प्राधिकरणका क्याविन क्रु निरीक्षक सावित्रा श्रेष्ठ र एरोनोटिकल इन्जिनियर रितेशराज पन्त सदस्य रहेका छन् ।
काठमाडौंबाट पोखराको लागि आइतबार उडान गर्दा विमानको उडानकै क्रममा ढोका खुलेको थियो । सो विमानलाई काठमाडौंमा फर्काएर अवतरण गरिएको थियो । गुण एयरलाइन्सले यति एयरलाइन्सँग पाँच वटा जेट स्ट्रीम विमान खरीद गरी कुल ७ विमानबाट असोजको १ देखि नियमित उडान सुरु गरेको थियो । आफ्ना दुइवटा बिचक्राफ्ट र थप गरिएको पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमान छन् ।

प्रतिक्रिया दिनुहोस्