इन्फिनिटी लघुवित्तले २९% लाभांश दिने «

इन्फिनिटी लघुवित्तले २९% लाभांश दिने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
लघुवित्तको पाँचौ वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७/०७८ सम्मको मुनाफाबाट २७.७० प्रतिशत बोनश सेयर र १.४६ प्रतिशतले नगद लाभांश (बोनश सेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि) दिने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट विष्णुकुमार घिमिरे, रमेशकुमार कर्माचार्य, रामकृष्ण डंगोल र धरा नेपाल जोशीलाई सञ्चालकमा निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्