Logo

लामो रस्साकस्सीका साथ एमाले मुगुको अध्यक्षमा मल्ल निर्विरोध

मुगु – नेकपा (एमाले) मुगुको आठौं जिल्ला अधिवेशनमा लामो रस्साकस्सीका साथ मंगलबार जितबहादुर मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
आठौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, सहसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ पनि निर्विरोध निर्वाचित भएका छन् ।
नेकपा एमाले मुगु जिल्लाको आठौं अधिवेशनबाट अध्यक्षमा मल्लको नेतृत्वमा समावेशीलगायत बिभिन्न पद गरी ९० सदस्यीय जिल्ला कमिटीको नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको नेकपा एमाले मुगुका जिल्ला इन्चार्ज तथा कर्णाली प्रदेशका सह–इन्चार्ज मोहन बानियाँले बताएका छन् ।
पुस २३ गते जिल्ला अधिवेशन गर्ने तय भए पनि हिमाली जिल्ला मुगुमा हिमपातको कारण पुस २७ गते भव्यका साथ उद्घाटन भई बन्द सत्र सुरु भएको एमाले अधिवेशनले नयाँ नेतृत्व चयनका लागि सहमति सहकार्यबाट जार्ने प्रयास खोज्दा खोज्दै आठौं दिनपछि बल्ल बल्ल सबै पदका लागि सहमतिमा जिल्ला कमिटीले नयाँ पदाधिकारीको पूर्णता पाएको समेत बानियाँले बताए ।
निर्विरोध निबाचित मल्ल बिगतमा शिक्षक पेशा बाटै एमाले पार्टीका बिभिन्न पदहरूमा सक्रिय सहभागी रूपमा राजनीति गर्दै आइरहेका थिए । अघिल्लो कार्यकालमा एमाले पाटिको जिल्ला सचिव पदको जिम्मा लिएर काम गर्दै आइरहेका हुन ।
पार्टीले जिल्लाको पूर्णरूपमा जिम्माका साथ पार्टी अध्यक्ष जस्तो गरीमामय पदको जिम्मा दिएका छन आउदा दिनमा पार्टि संगठन बचाउन बलियो जिल्लाकै ठूलो पार्टी बनाउनको लागी जिल्ला सल्लाहकारको सहयोगमा पार्टीका बिभिन्न संगठनहरूलाई सक्रिय बलियो, बनाउर्ने एमाले पार्टीमा आस्थामान सम्पूर्ण क्रियाशील साधारण सदस्यलगायत आम मुगालीहरूको हकहित र बिकार निमार्णमा सदैब अगाडि बढेर काम गर्ने समेत प्रतिबद्घता निर्वाचित अध्क्षय जितबहादुर मल्लले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्