श्रेष्ठलाई ‘वल्र्ड बुक अफ रेकर्ड’ को प्रमाणपत्र हस्तान्तरण «

श्रेष्ठलाई ‘वल्र्ड बुक अफ रेकर्ड’ को प्रमाणपत्र हस्तान्तरण

विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्माशन गरेर नेपाली युवाले विश्वकीर्तिमान राख्न सफल भएका छन् । बागमती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षासम्बन्धी कार्यक्रम संचालनगरी वल्र्ड बुक अफ रेकर्डमा कीर्तिमान दर्ता गराउन सफल भएका हुन् ।
सोमबार युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई वल्र्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका छन् । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्वरे कर्डको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । साथै आगामी दिनमा समेत युवाहरूलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशील रहनसमेत मन्त्री अथकले आग्रह गरे ।
सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउन्डेसनले आयोजना गरेको शिक्षासम्बन्धी कार्यक्रमको सञ्चालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउन्डेसनका अध्यक्षप्रज्वल भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्