Logo

प्रहरी नियमावलीमा संशोधनले तल्लो तहमा काम गर्ने प्रहरीमा नैतिकबल थप्ने

नेपाल प्रहरी नियमावलीमा भएको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिकबल थप्ने नेपाल प्रहरीले प्रतिक्रिया दिएको छ ।
मंगलबार पत्रकारहरुसँगको अन्तक्र्रियामा बोल्दै प्रहरी वरिष्ठ उपनिरीक्षक तथा प्रवक्ता विष्णु कुमार केसीले पछिल्लो प्रहरी नियमावली संशोधन गरेर थप गरिएको तीन पदले २० वर्ष देखि एउटै पदमा बसेर काम गर्ने प्रहरीमा उत्प्रेरणा जगाउने बताए । उनले नियमावली संशोधन तल्लो तहका प्रहरीको हितका लागि भएको बताए । उनले प्रहरीमा थप गरिएका तीन पदले वृद्धि विकासको अवसर सबैले सम्मान रूपमा पाउने अवस्था आउने बताए । प्रहरीमा लामो समयसम्म पदोन्नती नभएर एउटै दर्जामा बस्नु पर्ने अवस्थालाई यो संसोधनले हटाएको प्रवक्ता केसीले बताए । उनले पद थप गर्दा प्रहरी कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनु साथै काम गर्ने प्रहरीको मनोवल उच्च बनाउने बताए ।
प्रहरी वरिष्ठ उपनिरीक्षक केसीले भने,‘ नेपाल प्रहरीमा भइरहेको पदमा ३ वटा पद बढाएको छ
। जसमा प्रहरी वरिष्ठ प्रहरी निरीक्षक,सहायक हवल्दार , वरिष्ठ हवल्दार पद थप गरेको छ । त्यस्तै नेपाल प्रहरीमा कार्यलय सहयोगी भनेर एक जना हुने गरेको थियो । अहिले कार्यालय सहयोगीमा ५ रहने व्यवस्था प्रहरी नियमावलीमा थप भएको छ । यसरी पद बढाउँदा आर्थिक प्रभावमा लगायतमा एउटा निम्न स्तरको कार्यालय सहयोगीले २० वर्ष भन्दा माथि काम गरेको अवधि पुगेको रहेन्छ भने एउटा प्रहरी साहयक निरीक्षक सरहको सेवा र सुविधा पाएर रिटार्ड हुन्छ । यो नियमावलीले तल्लो तहको हितको लागि संशोधन गरिएको छ । यो नियमावलीले सबै भन्दा धेरै कार्यालय सहयोगीको हकमा मिलाएको छ । वृद्धि विकासका अवसरमा सबैले सम्मान अवसर पाउन र त्यस्तो अवस्था रहोस् भन्ने हो । लामो समयसम्म पदउन्नती नभएर एउटै दर्जामा बस्नु पर्ने अवस्था रह्यो । त्यो अवस्था नहोस भनेर अन्य सुरक्षा निकाय जस्तै प्रहरी वरिष्ठ प्रहरी निरीक्षक,सहायक हवल्दार , वरिष्ठ हवल्दार पद नियमावलीमा ल्याएको हो । जसले प्रहरी कर्मचारीलाई सेवा सुविधामा भिन्नतता ल्याउँछ । त्यस्तै लामो समयसम्म एउटै पदमा बस्दा निराशा छाएका कर्मचारीको मनोबल उच्च बनाउने काम गर्ने नियमावलीले काम गर्छ । त्यस्तै,एक स्थान माथि बढुवा भयो भन्दै प्रहरी कर्मचारीको उत्तप्रेरणा बढ्ने हुन्छ । त्यसले मनोवल समेत बढाउन मदत गर्छ । पद बढुवाको प्रतिस्पर्धालाई सहज बनाएको छ ।’
वरिष्ठ उपनिरीक्षक केसीले प्रहरीमा भएको पद थपले पद बढुवाको प्रतिस्पर्धालाई समेत सहज बनाउने बताए । सरकारले नेपाल प्रहरीको प्रहरी नियमावली संशोधन गर्दै तीन वटा पदहरु प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दारको पद थप गरेको थियो । सो संशोधन प्रहरी नियमावली सरकारले सोमबार राजपत्रमा समेत प्रकाशित गरेको छ । यसरी थप भएको पदका लागि कुनै नयाँ दरबन्दी सिर्जना नहुने भएकोले धेरै आर्थिक भार सरकारलाई पर्न नसक्ने नेपाल प्रहरीले स्पष्ट पारेको छ । यस्तै यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने प्रहरी नायव उपरिक्षक सम्मका अधिकृत र जुनियर अधिकृतलाई अवकाश हुनुभन्दा एक महिनाअघि स्वत बढुवा दिने व्यवस्था थियो । सरकारले नियमावलि संसोधन गरेर ८ वर्ष एउटै पदमा काम गरेर अवकाश हुने अवस्था आए स्वतः बढुवा गरेर एकतह पदोन्नति गरेर अवकाश दिने व्यवस्था गरेको छ । यसअघि १२ वर्षसम्म प्रहरी नायव निरीक्षक (सई) दर्जामा काम गरेपछि मात्र प्रहरी निरीक्षक र प्रहरी निरिक्षकमा पनि १२ वर्ष काम गरेपछि प्रहरी नायब उपरिक्षकमा पदोन्नति भएर अवकाश पाउने व्यवस्था थियो । यस व्यवस्था हटाएर ८ वर्ष कायम गरिएको छ । अब प्रहरी निरिक्षकमा ८ वर्ष जागिर भएपछि अवकाशमा जाने प्रहरी अधिकृतहरु स्वतः बढुवा भएर प्रहरी नायब उपरिक्षक हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्