Logo

स्वास्थ्य मापदण्डमा कडाइ

कोरोना भाइरस संक्रमितको संख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार २७ बुँदे आदेश जारी गरेको हो ।
काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जारी गरेको आदेशमा उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लागएको छ।कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको छ । यो रोक माघ मसान्तसम्म लागु हुनेछ । प्रशानसले अबदेखि माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप सञ्चालनमा निषेध गरेको छ । त्यस्तै गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमको उपयोग गर्न पनि भनिएको छ ।
भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भए जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५जना मात्र सहभागी हुने गरी सञ्चालन गर्न पनि भनिएको छ । प्रशासनले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालन गर्न पनि रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्