नेप्से परिसूचक १०.७८ अंकले गिरावट

पछिल्लो समय लगातार रुपमा बढ्दै आएको सेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार घटेको छ ।
दुई सातादेखि लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक मंगलबार १०.७८ अंकले घटेर २ हजार ९३६.६६ विन्दुमा झरेको छ । तर यता सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको छ । मंगलबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा कही बढेको छ । सोमबार ८ अर्ब तलको सेयर कारोबार भएको थियो ।
यसदिन कारोबारमा आएका १३ उपसमूहरु मध्ये ४ उपसमूहको सूचक बढेको छ भने बाँकी ७ उपसमूहको सूचकमा गिरावट आएको छ । त्यस्तै मंगलबारको कारोबारमा सामलिङ पावर कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ । मध्य भोटेकोसी जलविद्युतको ८.११ प्रतिशत, बुद्धभूमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र वरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले बढेको छ । तर, यता मानुषी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत र सिन्धु विकास बैंकको ४.२१ प्रतिशतले घटेको छ ।
मंगलबारको कारोबारमा २८ करोड ११ लाख रुपैयाँको सेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ । त्यस्तै अरुण भ्याली हाइड्रोपावरको २८ करोड ७१ लाख, नेपाल दुरसञ्चार कम्पनीको २५ करोड १९ लाख र हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।