चीनलाई उछिन्दै भारत तीव्र वृद्धिको मुलुक हुने «

चीनलाई उछिन्दै भारत तीव्र वृद्धिको मुलुक हुने

यो वर्ष विश्वको ठूलो अर्थतन्त्रमध्ये विश्वकै तीव्र वृद्धिको अर्थतन्त्रमा भारतले चीनलाई उछिन्ने भएको छ । भारतको इक्विटी बजार विश्वमै पाँचौं ठूलो हुने भएसँगै भारतले चीनलाई उछिन्न लागेको प्रतिवेदनले जनाएको छ ।
विश्वका बाँकी मुलुकले न्यून वृद्धि अवस्थाको सामना गरेको र अपर्याप्त संरचनात्मक परिवर्तनको सामना गरेको अवस्थामा सुधारिएको अर्थतन्त्रले बलियो दीर्घकालीन वृद्धि पाउने स्यांटक वेल्थ म्यानेजमेन्टको प्रतिवेदनले जनाएको छ ।
“भारत विश्वमै तीव्र वृद्धिको ठूलो अर्थतन्त्र हुनेछ । यसले चीनलाई पछि पार्नेछ । भारतीय इक्विटी बजार विश्वकै पाँचौं ठूलो हुनेछ,” प्रतिवेदनले जनाएको छ ।
विकसित अर्थतन्त्रले २–३ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको समयमा भारतले ७.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिरहेको प्रतिवेदनले जनाएको छ ।
योभन्दा पनि भारतले अन्य उदीयमान बजारको तुलनामा सकारात्मक अवस्थाबाट लाभ लिइरहेको छ । विशेष गरी चिनियाँ अर्थतन्त्र ओरालो लाग्ने क्रममा देखिएको छ ।
यद्यपि मुद्रास्फीति तथा दर वृद्धि भएमा बजारले थप लाभ लिन सक्दैन । मन्द आम्दानीले बजारको भूमिकामा पनि असर पार्न सक्छ । यो वर्ष आन्तरिक अर्थतन्त्रमा आधार, जनधन, अमौद्रीकरण, जीएसटीले पनि भूमिका निर्वाह गर्ने प्रतिवेदनको ठहर छ ।
“भारतीय अर्थतन्त्र विकास भइरहेको तीव्र दरलाई आधार मान्दा लगानीकर्ताले पनि भारतीय अर्थतन्त्रको बारेमा महत्वपूर्ण निर्णय गर्न सक्छन्,” स्यांकटम वेल्थ म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सिभ गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्