सिद्धार्थ इन्स्योरेन्सको कृषि बिमासम्बन्धी तालिम «

सिद्धार्थ इन्स्योरेन्सको कृषि बिमासम्बन्धी तालिम

सिद्घार्थ इन्स्योरेन्सले रुपन्देहीको बुटवलमा कृषि बिमा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ ।
कम्पनीले सञ्चालन गरेको तालिममा १८ जना प्रशिक्षार्थी सहभागी भएको बताएको छ । सो तालिममा कृषि विभागका कृषि अर्थ विज्ञ लोकराज सुवेदी र बिमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्