आरएमडीसीले २५ प्रतिशत लाभांश दिने «

आरएमडीसीले २५ प्रतिशत लाभांश दिने

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
संस्थाको २३औं वार्षिक साधारण सभाले सञ्चालक समितिद्वारा सेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन मुनाफा ३१ करोड १० लाख आर्जन गरेको जनाएको छ ।
उक्त साधारण सभाले भीमप्रसाद तिमल्सिना र मुरलीप्रसाद शर्मालाई सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ् चालक समितिमा चयन गरेको छ ।
अधिकृत पुँजी १ अर्ब ५० करोड रहेको यस वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी १ अर्व ३ करोड ४२ लाख रहेको छ । २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृत पश्चात संस्थाको जारी तथा चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्