पोखरा फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न

पोखरा फाइनान्सको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी १.०४अर्ब पुगेको छ । साथै सभाले आव २०७८÷०७९ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्जर वा एक्विजिसन गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्नलगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको
प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।
पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको फाइनान्सले ग्राहकलाई आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहकलाई सेवा प्रवाह गरिरहेको जनाएको छ ।