पञ्चकन्या माई हाइड्रोको साधारण सभा

पञ्चकन्या माई हाइड्रोपावरले चौथो, पाँचौं तथा छैठौं गरी ३ वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाबाट ४ वर्ष अविधिको लागि प्रतिनिधित्व गर्न ४ जना (१ जना महिला समेत) कम्पनीको सञ्चालक सदस्यहरुमा संस्थापक सेयर धनी समुह ‘क’ को तर्फबाट प्रेमबहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । कम्पनीका तीन आर्थिक वर्षका लेखापरीक्षण प्रतिवदेनहरु पनि पारित भएका छन् ।
कम्पनीका सञ्चालक श्रेष्ठले आयोजना सम्पन्न गर्न कम्पनीले भोग्नु परेको समस्या, कम्पनीको आर्थिक स्थिति र सभामा उपस्थित भई सभालाई रचनात्मक सुझाबका साथै वार्षिक साधारण सभा सम्पन्न गर्न सहयोग पु¥याउनु भएकोमा उपस्थित सबैलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरे ।