बालबालिकाको उपचारमा पाल्पा सिमेन्टको सहयोग «

बालबालिकाको उपचारमा पाल्पा सिमेन्टको सहयोग

पाल्पा सिमेन्टले जलनपीडित बालबालिकाको उपचारका लागि सहयोग गर्ने भएको छ ।
सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्ने १८ वर्षमुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने कम्पनीले जनाएको छ । जलन पीडित बालबालिकाको लागि सहयोग गर्न पाएकोमा पाल्पा सिमेन्टले खुशी व्यक्त गरेको छ ।
आगामी दिनमा पनि यस्तै सामाजिक कार्यहरुलाई सुचारु गर्दै लैजाने पाल्पा सिमेन्टले जनाएको छ । जलन पीडितको उपचारका लागि काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल सन् १९९७ मा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्