वार्षिकोत्सवमा सिद्धवराह आश्रमलाई सहयोग «

वार्षिकोत्सवमा सिद्धवराह आश्रमलाई सहयोग

पोखरा- पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्थाले वार्षिकोत्सवको अवसरमा पामेस्थित सिद्धवराह तपोवन सन्यास आश्रममा अध्ययनरत बटुक विद्यार्थीलाई सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठले आश्रमका पिठाधीश स्वामी श्री निषेशानन्द महाराजलाई सहयोग सामग्री हस्तान्तरण गरे ।
संस्थाका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईं तथा पूर्वअध्यक्ष तथा सल्लाहकार मेघनाथ काफ्लेले मुनाल सहकारीको चौधौं वर्ष प्रवेशको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत यो सहयोग हस्तान्तरण कार्यक्रम गरेकोमा खुसी व्यत्तः गर्दै वित्तीय सेवासँगै सामाजिक कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्ने बताए ।
२०६५ माघ ३ गतेदेखि कारोबार सञ्चालन गरेको सहकारीको कास्की जिल्लाभरि कार्यक्षेत्र रहेको छ । सहकारीले पोखराको नयाँबजारस्थित आफ्नै भवनबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्