नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित

नबिल बैंकले सेयरधनीलाई मुनाफाबाट ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको ३७औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ३३.६० प्रतिशत बोनस सेयर र ४.४० प्रतिशत नगद लाभांश गरी ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आव २०७७÷०७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड हासिल गर्न सफल भएको बैंकको दावी छ । बैंकले जायजेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रतिसेयर आम्दानी ३३.५७ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ९१ अर्ब पु¥याएको छ ।
समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात् बैंकको पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ । सभाले आव. २०७८÷०७९ को लागि बाह्य लेखापरीक्षकहरु एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स तथा पीजेपीएन एन्ड को. चार्टर्ड एकाउन्टेन्ट्सलाई संयुक्त रुपमा लेखापरीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।
उक्त सभाले संस्थापक सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद २ (दुई) का लागि उदयकृष्ण उपाध्याय र एनबी (इन्टरनेशनल) लिलाई प्रतिनिधित्व गर्दै उपेन्द्रप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको थियो ।
बैंक सञ्चालक समितिको ५८८ औं बैठकले सञ्चालक समितिको अध्यक्षमा पुनः पौडेललाई चयन गरेको छ । पौडेल २०७४ मंसिर १५ देखि बैंक सञ्चालक समिति एनबी (इन्टरेनशनल) लाई प्रतिनिधित्व गर्दै आएकोमा साधारणसभाबाट संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन् । बैंकले स्थापनाकालदेखि हालसम्म १६ अर्बभन्दा बढी रकम देशको राजस्वमा योगदान गरिसकेको जनाएको छ ।