मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत बोनस दिने

मञ्जुश्री फाइनान्सले सेयरधनीलाई ४६ प्रतिशत बोनस वितरण गर्ने भएको छ ।
फाइनान्सको १४औं वार्षिक साधारणसभाले आव २०७७-०७८ को लागि प्रस्तावित ६.०० प्रतिशत नगद लाभांश (बोनश सेयर तथा नगद लाभांशको कर समेत) र ४०.०० प्रतिशत बरावरको बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेको हो ।
बोनस सेयर जारी गरेसँगै संस्थाको चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख, ५२ हजार हुने भएको छ । यस फाइनान्सको पुस मसान्तसम्म ११ अर्ब १५ करोड निक्षेप संकलन तथा ११ अर्ब कर्जा लगानी रहेको छ ।
फाइनान्सले केन्द्रिय कार्यालयसहित देशभर २२ वटा शाखामार्फत सेवादिँदै आएको जनाएको छ ।