हिमालयन बैंकले २६ प्रतिशत बोनस दिने

हिमालयन बैंकले सेयरधनीलाई २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकको २९औं वार्षिक साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट चुक्ता पुँजीको २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ ।
हाल, बैंकले देशभर ७४ शाखा, ५ विस्तारित काउन्टर, १४८ एटीएम र पाँच हजारभन्दा बढी पीओएस टर्मिनल्सबाट सेवा प्रदान गर्दै आएकोे जनाएको छ । समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १३.२९ प्रतिशतले वृद्धि भई १ खर्ब ४९ अर्ब ३८ करोड १७ लाख पुगेको छ भने कर्जा सापट २३.८३ प्रतिशतले बढेर १ खर्ब ३२ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।