हिरोले ल्यायो बजारमा विद्युतीय स्कुटर

नेपाली बजारमा हिरोको विद्युतीय स्कुटरको बिक्री तथा वितरण सुरू भएको छ ।
हिरो विद्युतीय स्कुटरको नेपालकालागि आधिकारिक विक्रेताको रूपमा लक्ष्मी ई मोबिलिटी प्रालिले नेपालमा हिरोको विद्युतीय स्कुटरको बिक्री प्रारम्भ गरेको हो । काठमाडौंको टेकुमा रहेको पहिलो हिरो विद्युतीय स्कुटरको सोरुममार्फत यी स्कुटर बिक्री वितरण भइरहेको छ । विद्युतीय मोबिलिटीलाई प्राथमिकता दिने लक्ष्मी ग्रुपको सोच र योजनाअनुरूप हिरो विद्युतीय स्कुटरको बिक्री–वितरण सुरू गरेको कम्पनीले जनाएको छ ।
भारतमा उत्पादित हिरोको यी विद्युतीय स्कुटर नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलमा उपलब्ध गराइएको छ । भारतमा यो १२ मोडलमा उपलब्ध छन् । हाल नेपाली बजारमा चारवटा मोडल सार्वजनिक गरेपनि भविष्यमा अन्य मोडल समेत उपलब्ध गराउने कम्पनीको भनाइ छ । त्यस्तै यो विद्युतीय स्कुटरले एक पटकको पूरा चार्जमा ८२ किलोमिटरदेखि १६५ किलोमिटर सम्मको माइलेज दिने बताएको छ ।
लक्ष्मी ई मोबिलिटी प्रालिले काठमाडौंको टेकुमा आफ्नो सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीले नेपालभरका इच्छुक पक्षबाट डिलरशिपको लागि समेत आवेदन लिँदैछ ।
हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो विद्युतीय दुई पांग्रे स्कुटर निर्माता कम्पनी हो। भारतीय बजारमा जस्तै हिरोको विद्युतीय स्कुटरले नेपाली बजारमा समेत सकारात्मक बजार लिने कम्पनीले अपेक्षा गरेको छ ।