Logo

सेञ्चुरी क्यापिटलको सीईओमा श्रेष्ठ

सेञ्चुरी क्यापिटल मार्केट्सको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्समा सीईओ श्रेष्ठले आइतबार (आज) देखि पदभार ग्रहण गर्नेछन् । श्रेष्ठ यसअघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।
उनी सञ्चालन, व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धनमा विशेष दखल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्