Logo

यती एयरलाइन्सको क्यासब्याक योजना

यती एयरलाइन्सले खल्तीसँगको सहकार्यमा ४५० को क्यासब्याक तुरुन्तै पाइने ‘यति धेरै क्यासब्याक’ योजना ल्याएको छ ।
फ्लाइट बुकिङलाई सहज बनाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र यात्रुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि ‘यति धेरै क्यासब्याक’ अफर ल्याएको एयरलाइन्सले जनाएको छ ।
अफरअन्तर्गत, फ्लाइट बुकिङमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा १५० घट्नेछ भने बाँकी रहेको ३०० ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर ११ जनवरीदेखि १६ फेब्रुअरीसम्म कायम रहेने कम्पनीले जनाएको छ ।
नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीसँगको सहकार्यमा यात्रुलाई प्रत्यक्ष सुविधा हुने गरी यो योजना ल्याइएको यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्