Logo

फक्सवागनको नयाँ मोडल नेपाली बजारमा

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले नयाँ मोडलको गाडी बजारमा ल्याएको छ ।
कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिलेदेखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको कम्पनीले जनाएको छ ।
नयाँ एसयूभी ट्वारेग–आर विश्व प्रसिद्ध ६ सिलिन्डर भी(६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित रहेको भन्दै कम्पनीले ५३००–६४०० आरपीएममा ३४० पीएस पावर र १३७०–४५०० आरपीएममा ४५० एनएम टर्क जेनेरेट गर्ने बताइएको छ ।
फोक्सवागन ट्वारेगलाई पोर्श र फक्सवागन समूहले अडी र फक्सवागन ब्रान्डहरू समावेश गरी संयुक्त उद्यम परियोजनाको रूपमा विकसित गरेको थियो । ट्वारेग–आर एउटा ठूलो आकारको फन–टु–ड्राइभ लक्जरी एस्युभी हो, जुन जर्मन कार निर्माता फक्सवागन समूहले २००२ देखि ब्राटिस्लाभा प्लान्टमा उत्पादन गरेको हो । नेपालमा सन् २०१० मा आधिकारिक रूपमा बिक्री बितरन गर्दै आइरहेकोे फक्सवागन ट्वारेग समाजको उच्च वर्गले रुचाएको फक्सवागन मोडल रहेको बताइएको छ । नयाँ एसयूभी ट्वारेग–आरको प्रारम्भिक मूल्य ३.२५ करोड रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्