सुबिसुले मनायो वार्षिकोत्सव

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो २१औं वार्षिक उत्सवको अवसरमा देशभरि २१ वटा ठाउँमा रक्तदान कार्यक्रम गरेको छ ।
सामाजिक उत्तरदायित्वलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ कम्पनीले रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । रेडक्रससँगको सहकार्यमा सञ्चालित कार्यक्रम देशका विभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा, लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, विराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट, चपुरमा सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ ।
कार्यक्रम सफल गराउन सहयोग पु¥याएका सम्पूर्णप्रति कम्पनीले आभार व्यक्त गर्दै आउने दिनहरुमा थप विविध यस्तै कार्यक्रमहरु गरी सामाजिक उत्तरदायित्वलाई पूर्णरुप गराउन तत्पर रहेको जनाएको बैंकले जनाएको छ ।