Logo

सिटिजन्स बैंकद्वारा जनकपुरमा आफ्नै भवनबाट सेवा सञ्चालन

सिटिजन्स बैंक इन्टरनेसनलले जनकपुरको विद्यापति चोकस्थित आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो भवनको उद्घाटन गरेका हुन् ।
सुविधा सम्पन्न यस शाखाबाट ग्राहकलाई प्राथमिकतामा राख्दै प्रिभिलेज काउन्टर समेत सुरुवात गरिएको बैंकले जनाएको छ । यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा छरितो, चुस्त र दुरुस्त रूपमा प्रदान गर्ने बैंक्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्