पेशागत सुरक्षाका लागि एकजुट हुन आग्रह

सुनचाँदी व्यवसायीहरुले व्यावसायीक सुरक्षाका लागि एकता हन्ुपर्ने खाँचो औंल्याएका छन् ।
व्यवसायीबीच एकता हुन नसके त्यसको असर समग्र सुनचाँदी व्यवसायमा पर्ने भएकाले एकै प्रकृतिका संस्थाहरु मिलेर अगाडि बढ्नु पर्ने खाँचो उनीहरुले औंल्याए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा गरेको कार्यक्रममा सहभागी व्यवसायीहरुले दुई महासंघबीच आपसी एकताको खाँचो औल्याए ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिक रत्न शाक्यले व्यवसायी एकजुट भएर अगाडि बढ् सके जस्तो सुकै अप्ठ्यारा र चुनौतीको सामना गर्न सकिने बताए । सुनचाँदी व्यवसायीले कच्चा पदार्थको अभावदेखि अन्य धेरै समस्या झेल्नु परेको उल्लेख गर्दै उनले यसको समाधानका लागि नेपाल व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघबीच साझा मुद्दामा एकता हुनुपर्ने बताए ।
रत्न तथा आभुषण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष सुरेशमान शाक्यले सबै सुनचाँदी व्यवसायीका मुद्दा एउटै भएकाले मिलेर अगाडि बढ्नुपर्ने खाँचो औल्याए ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका तर्फबाट नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको थियो ।