विद्यार्थी र शिक्षकलाई पोसाक वितरण «

विद्यार्थी र शिक्षकलाई पोसाक वितरण

मुगु जिल्लाको सोरु गाउँपालिकामा रहेको एक विद्यालयले आफ्नो आन्तरिक स्रोतबाट विद्यार्थी, शिक्षक र कर्मचारीलाई निःशुल्क पोसाक वितरण गरेको छ ।
सोरु गाउँपालिका–४ लिबु्र रहेको श्रीकालीका माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ६५ जना छात्रा, १सय ३५ जना छात्र, १० जना शिक्षक र तीनजना कर्मचारी गरी जम्मा ३ सय १३ जनालाई विद्यालयको आन्तरीक स्रोतबाट चार लाख ५० हजार बराबरको पोसाक वितरण गरिएको श्रीकालीका माध्यमिक विद्यालयका प्रधानाध्यापक अंगबहादुर बुढाले बताए । थोरै पुँजीले विद्यालय पोसाक खरिद गरी विद्यालयमा भर्ना भएका विद्यार्थी, शिक्षक र कर्मचारीलाई पोसाक वितरण गर्न सफल भइयो । विद्यालयमा सबैभन्दा ठूलो समस्या भनेको विद्यालय खेल मैदान, कक्षाकोठा, फर्निचर, शौचालय, खानेपानीलगायत छन् ।
यसै विद्यालयमा कक्षा १० मा अध्ययनरत शान्ती बुढाले विद्यालयको नाममा पोसाक लगाउन पाएका थिएनौं अहिले यो वर्ष विद्यालयका नाममा पोसाक लगाउन पाउँदा निकै खुसी लागेको बताइन् । पोसाक लगाएर विद्यालय आउँदा बल्ल विद्यार्थी भएजस्तो महसुस भएको छ । विद्यालयमा अतिरिक्त कृयाकलाप गर्न अन्य संरचना नभएकाले निकै समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्