एजुकेशन सेन्टर अफ अष्ट्रेलियाको छलफल कार्यक्रम «

एजुकेशन सेन्टर अफ अष्ट्रेलियाको छलफल कार्यक्रम

एजुकेशन सेन्टर अफ अष्ट्रेलिया (इसिए) ले विभिन्न युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरुमा नेपाली विद्यार्थीहरु पठाउँदै आएका पाट्नर कन्सल्टेन्सीहरुसँग छलफल कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौंको याक एण्ड यती होटलमा आयोजना गरिएको कार्यक्रममा सिड्नी रहेका शैक्षिक संस्था र काठमाडौंमा रहेका पाट्नर कन्सल्टेन्सी बिच संयुक्तरुपमा छलफल भएको हो । सो छलफललाई इसिएका कन्ट्री मेनेजर हर्मित जिलले स्वागत गरेका थिए । सो अवसरमा इसिएका असोसीयट डाइरेक्टर सेल्स रोडरीगो ज्युमएरियाजले इसिए अन्तर्गतका विभिन्न युनिभर्सिटी र इसिएग्रुप अन्तर्गतका एसिया प्यासिफिक इन्टरनेसनल कलेज, इएलयसआइयस इङ्लिस ल्यांङवेज स्कुल, इसिए ग्याजुएट इन्स्टिच्युट, इसिए कलेज, इसिए प्रोफेशनल, अष्ट्रेलियन कलेज अफ केयर लिडरसिप एण्ड मेनेजमेन्ट, इसिए इन्टर्नसिप, हायर एजुकेशन लिडरसिप इन्स्टिच्युट लगायतका शैक्षिक संस्थाले प्रदान गर्ने कोर्स, फि इस्ट्क्चर र सेवा सुविधाका बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी भर्ना सम्बन्धी थप जानकारी इसिएकी डाइरेक्टर अफ एड्मिीनस् ली केण्डी डेभिड्सनले जानकारी गराएकी थिईन । सो अवसरमा साउथ एसियन मुलुकका विद्यार्थीहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै एजुकेशन सेन्टर अफ अष्ट्रेलियाले प्रसिद्ध युनिभर्सिटी, कलेज र इन्स्टिच्युट लाई पाट्नर र विद्यार्थीहरूको सामु उपस्थित गराएका थिए । भविष्यमा पनि यस्ता अवसरहरूको निरन्तरता दिन प्रतिबद्ध रहेको सिनियर इन्टरनेसनल रिजनल मेनेजर सवकन्टिनेन्ट स्टेफेन होफमानले स्पष्ट पारेका थिए ।
त्यसैगरी इसिए गु्रपका सिइओ रूपेश सिंङले सेल्स मार्केटीङ स्टाटिजी अफ न्यु प्रडक्टका बारेमा जानकारी गराउँदै पाट्नरहरुलाई न्यु प्रडक्टको प्रतिक्रिया लिएका थिए । प्रतिक्रियाका आधारमा इसिएले आफ्नो मार्केटीङ इस्टाटीजी अगाडी बडाउने कुरा समेत जानकारी गराए ।
त्यसैगरी इसिएको सफलतामा पाट्नरहरुकै योगदान रहेको र भविष्यमा पनि पाट्नरहरुबाट बराबर योगदानको आशा रहेको राजेश सिंहले बताए । सो अवसरमा उत्कृष्ट पाट्नरहरुलाई शिल्भर, गोल्ड र प्लाटीनम पार्टनरका रुपमा सम्मान तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्