कोकाकोला मोःमोत्सवमा वर्षा सिवाकोटी

कोकालोला मोःमोत्सवमा नायिका वर्षा सिवाकोटीले विभिन्न आउटलेटमा गएर उत्सव सेलेब्रेट गरेकी छन् । उनले आफ्ना फ्यानहरुसँग रमाइलो गर्दै यो उत्सव सेलेब्रेट गरिरहेकी हुन् । उनले काठमाडौंका रेष्टुरेन्टहरुमा आफुलाई मनपर्ने मःम र कोका–कोला खाँदै फ्यानहरुसँग रमाइलो गर्न पाएकोमा खुसी व्यक्त गरिन् । यसै अवसरमा कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले खाना जे भएपनि कोक– कोला विश्वभर सबै खानसँग खान मिल्ने प्राथमिक पेयपदार्थ भएको बताए । यस अभियानअन्तर्गत उपभोक्ताले देशभरीका विभिन्न आउटलेटहरुमा कोका कोला र मःम अर्डर गर्दा विशेष कम्बो छुट पाउने कमपनीले जनाएको छ । विभिन्न आउटलेटहरुमा के के कार्यक्रम हुँदैछ र सरप्राइज प्याकेज के के आउँदै छन् भनि थाहा पाहुनकोलागि कोका–कोला नेपालको आधिकारिक फेसबुक पेज फलो गर्न कम्पनीले आग्रह गरेको छ । यसका साथ ग्राहकहरुले कोका–कोला नेपालको आधिकारिक फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ । मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, चितवन, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना भइरहेको आयोजकले जनाएको छन् ।