Logo

सुन्तला उत्पादन बढ्यो

धनकुटा-सुन्तला उत्पादन र निर्यातका लागि प्रख्यात धनकुटामा यस वर्ष सुन्तला उत्पादन बढेको छ ।
जिल्लाको समग्र सुन्तला उत्पादन गत वर्ष भन्दा ६४ मेट्रिटन बढेको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत विशाल राईले जानकारी दिए । फूल फूल्ने र दाना लाग्ने समय अनुकुल भएकाले सुन्तला उत्पादन बढेको अनुमान ज्ञान केन्द्रले गरेको हो । खोकु, छिन्ताङ्ग, आँखिसल्ला, धनकुटा नगरपालिका र मौनाबुधुक लगायत स्थानमा व्यावसायीक सुन्तला खेति हुने गरेको छ ।
अघिल्लो वर्ष धनकुटामा ८ सय ७५ हेक्टरमा भएको खेतीबाट १ हजार २ सय २८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषिज्ञान केन्द्र धनकुटाले जनाएको । सुन्तला उत्पादन र निर्यातका लागि प्रख्यात धनकुटाका कति पय स्थानमा भने सुन्तला मासिदै जान थालेको छ भने कतिपय किसान भने सुन्तलाको विकल्प खोज्दै अन्य फलफूल समेत लगाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्