Logo

वीउवासंघद्वारा थप समिति विस्तार

वीरगञ्ज वीरगञ्ज उद्योग वाणिज्य संघले थप समिति विस्तार गरेको छ । विस्तारित समितिमा कृषि प्रबद्र्धन समिति रहेको छ । कृषि प्रबद्र्धन समितिको संयोजकमा तारा प्रसाद मनोनयन भएका छन् ।
कार्यक्रममा संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले समितिले प्रभावकारी रुपमा काम गर्नेमा आशोवादी रहेको बताए । संघ अन्तर्गत रहेका समितिहरुले आफ्नो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्र संघले आफ्नो समग्र उद्देश्य पूरा गर्न सहज हुने उनले बताए ।
कृषि प्रबद्र्धन समितिका संयोजक तारा प्रसादले समितिको काम कारवाही आपूmले भ्याएसम्म सक्षमतापूर्वक अगाडि बढाउने बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सचिव आशीष लाठ, सह–सचिव अनोज रुँगटा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्