Logo

एनआईसी एसिया बैंक र वल्र्ड रेमिटबीच सम्झौता

एनआईसी एसिया बैंक र वल्र्ड रेमिटबीच रणनीतिक साझेदारी भइरहेको छ । अब दक्षिणपूर्वी एसियाली देश मलेसियाबाट समेत वल्र्ड रेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुवै पक्षबीच सम्झौता भएको छ ।
यसबाट मलेसियामा बस्दै आएका नेपालीहरूले विना झन्झट वल्र्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।
यसका अलावा विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका एनआइसी एसियाका १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था रहेको छ ।
यस साझेदारीले मलेसियामा लाखौंको संख्यामा रहेका नेपालीले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै नेपालमा रहेको आफ्ना परिवार र आफन्तलाई तत्काल सुरक्षित रुपमा रकम पठाउन सक्नेछन् ।
साथै, अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजिल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशबाट घरमै बसी सहज रुपमा रकम पठाउन सकिने व्यवस्था रहेको छ । बैंकले ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्