ओम हस्पिटल र नबिल बैंकबीच सम्झौता «

ओम हस्पिटल र नबिल बैंकबीच सम्झौता

ओम हस्पिटल र नबिल बैंकबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । बैंकका ग्राहक कर्मचारी तथा परिवारजनलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा ओम अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी तथा परिवारजनले ओम हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा विशेष छुट पाउनेछन् ।
बैंकका ग्राहकले सो छुट बैंकको प्रिपेड, डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी अस्पतालको सेवाको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । त्यसैगरी नबिल बैंकले हस्पिटलका चिकित्साकर्मी तथा कर्मचारीलाई आफ्नो बैंकिङ सेवा सहज र सरल रुपमा उपलब्ध गराउनेछ ।
नबिल बैंकले आफ्ना १३५ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर १८७ वटा एटीएम सञ्चालनमा छन् । नेपालमा निजी क्षेत्रवाट सञ्चालित ओम अस्पातलले वि.सं. २०४६ सालदेखि निरन्तर रूपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्