अग्नी ग्रुपको महिन्द्रा ट्याक्टर उत्सवका विजेता घोषणा «

अग्नी ग्रुपको महिन्द्रा ट्याक्टर उत्सवका विजेता घोषणा

नेपालमा महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेरेटेडले ‘महिन्द्रा उत्सव’ नाराका साथ महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि दसैं, तिहार, छठ र विश्वकर्मा पूजालाई लक्षित गरि सञ्चालन गरेको महिन्द्राउत्सव अफरका विजेता घोषणा गरुेको छ ।
कम्पनीले १६ भदौदेखि १५ मंसिर २०७८ सम्म सञ्चालन गरेको सो अफरका विजेता घोषणा गरेको हो । सोही योजना अनुसार बम्पर पुरस्कार विजेताहरुको चयन अग्नि इन्कर्पोरेरेटेडले एकैसाथ आफ्नो ५ वटै शाखामा लक्की ड्र«मार्फत हरेक शाखाबाट एक एक जना विजेताहरुको घोषणा गरेको हो । यो योजनाअन्तर्गत बम्पर पुरस्कारमा महिन्द्रा पावरोल ५ केभीए डिजी (डिजेल जेनरेटर) राखिएको थियो ।
यस योजनाको बम्पर पुरस्कार विजेताहरुको चयन लक्की ड्रमार्फत ५ वटै शाखामा एकै साथ अग्नि ग्रुपका तथा स्थानीय प्रतिनिधि, ग्राहकको उपस्थितिमा गरिएको कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गरेका हरेक ग्राहकलाई निश्चित उपहारको रुपमा महिन्द्रा रोटाभेटरमा ५० प्रतिशत छुट वा पानासोनिकको ४२ इन्चको स्र्माट एलइडी टिभी साथै १ जनाका लागि ५ लाख बराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्