Logo

साओमी र पोको मोबाइल किन्दा माछापुच्छ्रे बैंकको नगद सुविधा

माछापुच्छ्रे बैंकका ग्राहकहरूले एमआई साओमी र पोको ब्रान्डको मोबाइल तथा अन्य उपकरणहरू शून्य प्रतिशत इएमआईमा पाउने भएका छन् ।
सम्झौता पत्रमा बैंकका डिजिटल बैंकिङ प्रमुख विनय रेग्मी र भास्टल इम्पेक्सका निर्देशक नितेश कुमारले हस्ताक्षर गरेका छन् । सम्झौता पछि अब बैंकका ग्राहकहरूले यो सुविधा ६ महिनादेखि ९ महिनासम्म प्रयोग गर्न सक्नेछन् । हाललाई यो सुविधा भास्टल इम्पेक्सको काठमाडौंस्थित सोरुममार्फत लिन सक्ने छन् ।
माछापुच्छ्रे बैंकले हाल देशभर रहेका १६३ शाखा, १५७ शाखारहित बैंक सेवा, ६ एक्स एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३ सय २६ स्थानबाट १० लाखभन्दा बढी ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा दिइरहेको छ । साथै, बैंकले देशभर २ सयवटा एटीएमहरू सञ्चालन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्