Logo

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ ।
विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्ने कम्पनीको दावी छ ।
रमका पारखीहरुले ‘खुकुरी ट्रिपल एक्स रम’मा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेको कम्पनीको भनाइ छ । ग्राहकको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट समीश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको हो ।
यसअघिका वर्षहरुमा जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ निर्यात हुने गरेको थियो । त्यहाँ निकै नै रुचाइएको गुणस्तरीय उत्पादन नै अहिले नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
यो नयाँ स्वादको रम बजारमा उतार्नुअघि नेपालका विभिन्न क्षेत्र र विशेष गरी बुटवल र भैरहवामा ट्रायल गरिएको थियो । विशेष गरी ‘खुकुरी स्पाइस्ड रम’ निट वा कोलासँग पिउन ग्राहकहरुले औधी मन पराएको सो क्रममा पाइएको कम्पनीको दावी छ ।
प्रिमियम ‘खुकुरी ट्रिपल एक्स रम’को तुलनामा विभिन्न थप उत्कृष्ट पदार्थ प्रयोग हुने र उत्पादनको प्रक्रिया समेत लामो र केही फरक हुने भएकोले ‘खुकुरी स्पाइस्ड रम’को बजार मूल्य ‘खुकुरी ट्रिपल एक्स रम’को भन्दा केही बढी हुने उत्पादक कम्पनी ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए । “यो प्रिमियम क्याटेगोरीको विशेष उत्पादन हो” त्उनले भने, “यसैले स्वाद र गुणस्तरमा अझ विशेष छ ।”
विशेष रुपमा तयार गरिएको ‘स्पाइस्ड रम’ उत्पादन क्षमता र उत्पादन जटिलताले गर्दा सीमित परिमाणमा मात्र बजारमा जाने बताइएको छ । चालु आर्थिक वर्षमा बढीमा ६ देखि ७ हजार केससम्म मात्र ‘स्पाइस्ड रम’ बजारमा पठाउन सकिने लामिछानेले जानकारी दिए । “स्पाइस्ड रम’को उत्पादन क्षमता आगामी वर्षदेखि भने बढाउन प्रयास गरिने छ” उनले भने ।

प्रतिक्रिया दिनुहोस्