डिप्रोक्स लघुवित्त २१औं वर्षमा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था २१औं वर्षमा प्रवेश गरेको छ । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाले क्षेत्रियस्तरमा कारोबार सुरु गरेपनि २१ वर्षमा प्रवेश गर्दा राष्ट्रियस्तरको वित्तीय संस्था बन्न पुगेको कम्पनीको दावी छ ।
हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ३८ करोड ७४ लाख रहेको र ७१ जिल्लामा १४९ शाखा कार्यालयमार्फत करिव एक लाख ४० हजार भन्दा बढी विपन्न सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।