महासंघद्वारा अफगानी नागरिकलाई सहयोग प्रदान «

महासंघद्वारा अफगानी नागरिकलाई सहयोग प्रदान

photo : NAN

नेपाल उद्योग वाणिज्य महासंघले मानवीय संकट गहिरिँदै गएको अफगानिस्तानका नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दोबस्तीका सामग्री पठाएको छ । महासंघले उक्त सामग्री नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत त्यसतर्फ पठाएको हो ।
महासंघ अध्यक्ष शेखर गोल्छाले परराष्ट्र मन्त्री डा. नारायण खडकालाई हस्तान्तरण गरे । मन्त्रालयको आग्रहमा करिब आठ सय किलोग्राम बराबरको अत्यावश्यकीय भाँडाकुँडालगायत बन्दोवस्तीका सामग्रीहरु उपलब्ध गराएको महासंघले जनाएको छ ।
युद्धग्रस्त मुलुक अफगानिस्तानमा दैनिक उपभोग्य सामग्रीको चरम अभावले नागरिकको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको हुँदा जीवनयापन सहज गराउन उक्त सहयोग गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालबाट सहयोग सामग्री बोकेको जाहाज आइतबार अफगानिस्तानको राजधानी काबुल उडेको छ ।
मुुलुकभित्र वा बाहिर समस्यामा परेका सर्वसाधारण नागरिकको सहयोगका लागि महासंघले सधै अग्रभागमा रहेर सहयोग गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्