हरपलको गुलाब बासमती चामल नेपाली बजारमा «

हरपलको गुलाब बासमती चामल नेपाली बजारमा

हरपल चामलको नयाँ ब्राण्ड गुलाब बासमती चामल नेपाली बजारमा बिक्रीवितरण सुरु भएको छ ।
१७ वर्षदेखि हरपल ब्राण्डलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको हरपल फुड्सले यो चामल बजारमा ल्याएको हो । १ केजी, ५ केजी र १० केजीको प्याकमा गुलाब बासमती चामल बजारमा उपलब्ध रहेको प्रवन्धक तारामान धामीले जानकारी दिए ।
गुलाब बासमती चामल देशभरको बजारमा उपलब्ध भइसकेको धामीले बताए । भारतलगायत खाडी मुलुक र युरोपमा सर्वत्र उपलब्ध यो चामल नेपाली बजारमा लोकप्रिय हुनेमा विश्वस्त रहेको कम्पनीको भनाइ छ ।
हरपलले बर्सेनि नयाँ ब्राण्ड थप्ने क्रममा यो वर्षदेखि गुलाब बासमतीको बिक्री सुरुवात गरेको हो । उपभोक्ताको रुची र आवश्यकतालाई मध्यनजर गरी अँग्रेजी नयाँ वर्ष २०२२ देखि गुलाब बासमती चामल उपलब्ध गराइएको हरपल फुड्सले जनाएको छ । भारतमा २४ वटै प्रान्तमा यो चामल लोकप्रिय रहेको कम्पनीको दावी छ ।
त्यस्तै कम्पनीले ग्यालेक्सी प्रिमियम बासमती राइस २० केजीको प्याकमा, ग्यालेक्सी जम्बो ११२१ बासमती राइस २० केजी, ५ केजी र १ केजीको प्याकमा र ग्यालेक्सी ब्राउन बासमती राइस १ केजीको प्याकमा बजारमा बिक्री गरिरहेको छ । त्यसैगरी हरपल रिच राइस २० केजी र ५ केजीको प्याकमा पनि उपलब्ध रहेको बताइएको छ । मधुमेहका बिरामीलाई लक्षित गरेर हरपल उसिना चामल २० केजी र ५ केजीको प्याकमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्