Logo

सिभिल बैंक खाता खल्तीमा लिंक गर्दा नगद बोनस

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सिभिल बैंक खाता खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुका लागि एक सय रुपैयाँ बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।
यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागु हुने बताइएको छ । प्रयोगकर्ताले लिंक गर्न अगाडी केवाइसी भेरिफाइ गराउन पर्नेछ । त्यसको केही सेकेण्डमै आफ्नो बैंक लिंक गरी उक्त अकाउन्टबाट खल्तीमा तुरुन्तै भुक्तानी गर्न सकिन्छ ।
प्रयोगकर्तालाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न तथा वालेटमा नियमित पैसा लोड गर्न लाग्ने समयलाई कम गर्न यो अफर ल्याइएको कम्पनीले बताएको छ । प्रयोगकर्ताले एक पटक लिंक गरेपछि, यो सेवाले उनीलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य सेवा लिन सहज हुनेछ । बोनस अफर ३० पुसदेखि १ फागुनसम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्