सिटिजन लाइफको सदभावनादूतमा मह जोडीको निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावनादूत (ब्राण्ड एम्बेसेडर) मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ ।
कम्पनीको स्थापना कालदेखि नै ब्राण्ड एम्बेसेडरको रुपमा मह जोडी सिटिजन लाइफसँग आवद्ध थिए ।
सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल र श्रेष्ठ र आचार्यको हस्ताक्षर रहेको छ । सम्झौतापछि मह जोडीले सिटिजन लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रवद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिने बताइएको छ ।
हस्ताक्षर समारोहमा कलाकारद्वय श्रेष्ठ र आचार्यले नेपालीहरुको जीवन बिमा गराएर जीवन सुनिश्चित गरि पुण्यको काम गर्ने, सरल तथा सुलभ सेवा पु¥याउन र नवीनतम योजनाहरु ल्याउन अग्रणीे सिटिजन लाइफ इन्स्योरेन्सकोे ब्राण्ड एम्बेसेडर हुन पाएकोमा खुशी व्यक्त गरे ।
यसै क्रममा व्यवसायिक कारोबार सुरुवात गरेको छोटो समयमै देशभर स्थापना गरिएका १४० भन्दा बढी शाखा र उपशाखा कार्यालयमार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको भन्दै कम्पनीलाई धन्यवाद दिए ।