कृषि विकास बैंकमा विदेशी मुद्राको बैंक खाता खोल्ने सुविधा

कृषि विकास बैंकले गैह्र आवासिय नेपालीका लागि विदेसी मुद्राको वचत तथा मुद्धती खाताको प्रोडक्ट जारी गरेको छ ।
अनलाइनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको शुरुवात पश्चात विदेशमा रहेका नेपालीले अनलाइनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
यसबाट विदेशमा रहेका गैह्र आवासिय नेपाली तथा विदेसी मुद्रामा तलब भत्ता प्राप्त गर्ने नेपालमा रहेका विदेशी नागरीकले आफ्नै घर÷कार्यालयमा बसेर बैंकमा खाता खोल्न सक्ने व्यवस्था रहेको बताइएको छ । बैंकले विकास गरेको प्रविधिअन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक, सुरक्षित र सरल रहेकाले वेबसाइटमार्फत सहजै खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
सरकारी बैंकहरुमा निक्षेप तथा कर्जाका सेवामा विविधिकरण गर्दै प्रतिस्पर्धी वित्तीय बजारमा दिगो सेवा विस्तार गर्न लागि परेको बैंकले जनाएको छ । यो सुविधाबाट विदेसी मुद्रामा स्वदेश तथा विदेशबाट खाता खोल्न सकिने बताइएको छ । विदेशबाट शुन्य मौज्दातमा खाता खोली स्विप्mटमार्फत रकम पठाई खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
हालका लागि विदेसी मुद्राको मुद्दती खातामा ५.५ प्रतिशत र वचत खातामा ४.७५ प्रतिशत व्याज दिन सकिने बैंकले जनाएको छ ।